sujim advert

लेखा प्रणाली ‘पेनाहक’ अन्तर्किया

डबली खबर     असार २२, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

penahak accounting software launched in nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – आन्तरिक राजस्व विभागबाट प्रमाणिकरण भएको लेखाप्रणाली ‘पेनाहक‘ सम्बन्धी सफ्टवेयर प्रयोग सम्बन्धी अन्तर्किया कार्यक्रम भएको छ ।

पेनाहक टेक्नोलोजी प्रालि काठमाडाैँ र विदुर कर तथा लेखा परामर्श सेवा प्रालिको आयोजनामा बट्टारमा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा लेखाप्रणाली सफ्टवेयरको सेवा केन्द्रसहित सुरुवातले सफ्टवेयर प्रभावकारी रहने ठहर गरेका छन् ।

सफ्टवेयर कम्पनीका अध्यक्ष ई. धीरजकुमार दासले आफ्ना कम्पनी र उत्पादनको बारेमा बताउँदै विगत ६ वर्षदेखि लेखाप्रणाली क्षेत्रमा कार्य गर्दै आएको सफ्टवेयर देशभरका ७७ वटै जिल्लामा सेवा विस्तार गर्न सातै प्रदेशमा साझेदार संस्था रहेको बताए ।

‘क्लावड’मा आधारित सफ्टवेयर प्रयोगकर्ताको सहजतालाई ध्यानमा दिएर निर्माण गरिएको कम्पनीका जनरल म्यानेजर तथा प्रशिक्षक अग्नी कुमार शाही ठकुरीले बताए । सफ्टवेयर मोबाइल, आइ प्याडलगायतका उपकरणमैत्री हुनुको साथै सफ्टवेयर चलाउन सकिने र कारोबारको प्रतिवेदन एकै ठाउँमा समेटिएको आर्कषक ड्यासबोर्ड, बिक्री ट्र्याकिङ, मास्केवारी सिविएमएस अटो अपलोडलगायतको सुविधा रहेको उनले जानकारी दिए ।

विगत वर्षदेखी १० करोड रुपैयाँ भन्दामाथिको बिक्री वा दायित्व/सम्पत्तिमा अनिवार्य कम्प्युटर लेखा सफ्टवेयर राख्नुपर्ने व्यवस्था गरिएको र हालको आर्थिक विधेयक २०८१ ले क्रमश: करदातालाई आफ्नो लेखा विवरण कम्प्युटराइज गर्नुपर्ने व्यवस्था गरिएको हुँदा सफ्टवेयरको आवश्यकतालाई मध्यनजर गर्दै सो सफ्टवेयर नुवाकोटमा भित्राएको जिल्ला वितरक राजु बोगटीले जानकारी दिए ।

नुवाकोट, रसुवा र धादिङ जिल्लाको आधिकारिक बिक्रेता रही सफ्टवेयरको ग्राहकहरुलाई उच्चतम सेवा प्रदान गर्ने अर्का वितरक दिनेशकुमार श्रेष्ठले बताए ।

कम्पनीको करिब एक हजार ५०० प्रयोगकर्ता रहेको छ । क्लाउडमा आधारित सफ्टवेयर कम्पनीको लेखा प्रणाली र मौज्जाद, पिओएस, पेट्रोल पम्पको एमपिओएस लेखाप्रणालीलगायत अन्य उत्पान रहेको कम्पनीले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top