नुवाकोट – पाकिस्तानका राजदूत अब्रार एच हासमीले महिला उद्यमीहरुको सशक्त्रीकरण र आर्थिक समृद्धिको प्रबर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राखेका छन् ।
महिला उद्यमी महासंघ नेपालको आयोजनमा मङ्गलबार विदुर नगरपालिकाको गङ्गटेमा भएको जिल्लास्तरीय महिला उद्यमी सम्मेलनमा राजदूत हासमीले उक्त भनाइ राखेका हुन् ।
राजदूत हासमीले नेपालमा धेरै महिला उद्यमीहरु रहेकोमा खुशी व्यक्त गरे । राजदुत हसमीले भने, “पाकिस्तान र नेपालमा रहेका महिला उद्यमीहरुबीच सहकार्य गरेर अघि बढाउन आफु तयार छु ।”
महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि सहुलियतपूर्ण कर्जा अनुभव आदानप्रदान गर्नुपर्ने राजदुत हसमीले बताए ।
प्रतिक्रिया