sujim bazar advert

“महिला उद्यमीको दिगो विकासको लागि सरकारले वातावरण तयार गर्नुपर्ने”: राजदूत हासमी

डबली खबर     असार १४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Ambassador of Pakistan H. E. Mr. Abrar H Hashmi
Big Education Consultancy Nuwakot

नुवाकोट – पाकिस्तानका राजदूत अब्रार एच हासमीले महिला उद्यमीहरुको सशक्त्रीकरण र आर्थिक समृद्धिको प्रबर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राखेका छन् ।

महिला उद्यमी महासंघ नेपालको आयोजनमा मङ्गलबार विदुर नगरपालिकाको गङ्गटेमा भएको जिल्लास्तरीय महिला उद्यमी सम्मेलनमा राजदूत हासमीले उक्त भनाइ राखेका हुन् ।

राजदूत हासमीले नेपालमा धेरै महिला उद्यमीहरु रहेकोमा खुशी व्यक्त गरे । राजदुत हसमीले भने, “पाकिस्तान र नेपालमा रहेका महिला उद्यमीहरुबीच सहकार्य गरेर अघि बढाउन आफु तयार छु ।”

महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि सहुलियतपूर्ण कर्जा अनुभव आदानप्रदान गर्नुपर्ने राजदुत हसमीले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top