नुवाकोट – तारकेश्वर गाउँपालिकाको आगामी आर्थिकवर्ष २०८१/०८२ को ४२ करोड ७० लाख ५२ हजार रुपैयाँको अनुमानित बजेट बहुमतले पेश गरेको छ ।
सोमबार पालिकाको सभाहलमा बसेको दशौँ गाँउसभामामा पालिका अध्यक्ष शिव अधिकारीले नीति तथा कार्यक्रम पेश गरेका थिए ।
सभामा कार्यपालिका सदस्य एवम् ५ नम्बर वडाध्यक्ष अशोक तामाङ र विधेयक समितिका संयोजक अप्सरा दर्जीले पेश गरेको विधेयकहरु बहुमतले पास गरेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
गाउँपालिकाका ३२ जना कार्यपालिका सदस्य मध्ये दशौँ गाँउसभामा उपस्थित भएका मध्ये १८ जना कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया