नुवाकोट – बेलकोटगढी नगरपालिकाले आगामी आर्थिकवर्ष २०८१/०८२ का लागि ८९ करोड ८८ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साेमबार आयोजित दोस्रो नगरसभाको चौथौं नगरसभामा नगरपालिका उपाध्यक्ष शिवबहादुर दाहालले आगामी आवका लागि आय व्यय विवरण पेश गरेका हुन् ।
नगरसभामा नगरप्रमुख जगतबहादुर गुरुडले नीति तथा कार्यक्रम पेश गरेका थिए ।
सभामा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीको प्रमुख आतिथ्यतामा रहेको थियो ।
प्रतिक्रिया