+
Search

ताजा अपडेट +

पपुलर +

धमाधम हटाइँदै विज्ञापन सामाग्री

shivapuri rural municipality removing sign board from road
डबली खबर
१ साल अगाडी

नुवाकोट – शिवपुरी गाउँपालिकाले स्वीकृतिबिना सडक सीमाभित्र विज्ञापन सामाग्री हटाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि विज्ञापन सामाग्री हटाउन सुरू गरेको हो ।

तलाखु-छापदेखि गुर्जेभञ्ज्याङ्-छहरे सत्तरी, सिक्रे, खोलेगाउँ, सुनखानी सडक आसपासमा स्वीकृतिबिना राखिएको बोर्डहरु गाउँपालिकाले हटाएको पालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।

पालिका क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री स्वीकृति लिएर मात्र राख्नुपर्ने उनले बताए ।

व्यवसायिक विज्ञापन राजश्व कर तिरेर र स्वीकृति लिएर मात्र राख्नुपर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ