बट्टार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसको अवसरमा नुवाकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । स्थापना दिवसको अवसरमा साताव्यापी कार्ययोजना अन्तर्गत आज रक्तदान र सरसफाई गरिएको पार्टीले जनाएको छ।
रास्वपा जिल्ला समितिको आयोजनामा बुधबार हावाघरमा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा महिला ३ जना र पुरुष ३७ जना गरी ४० युनिट रगत सङ्कलन भएको रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।
गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराई र जिल्लामा रगतको अभाव भएको अवस्थामा रक्तदानले रगत आपूर्तिमा सघाउ पुग्ने पार्टी सभापति गजुरेलले बताए।
पार्टीले स्थापना दिवसकै अवसरमा हवाघर क्षेत्र सरसफाई पनि गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी (नेरेसो) रक्त सञ्चार सेवाकी इञ्चार्ज लक्ष्मी श्रेष्ठ टोलीको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।
प्रतिक्रिया