sujim advert

रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै

डबली खबर     असार ३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

rashtriy swatantra party nuwakot press meet program
bidur tax consultancy services in nuwakot

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु आयोजना गर्दै मनाउने भएको छ ।

आज विदुरमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष रामेश्वर गजुरेलले पार्टी स्थापना दिवसको अवसरमा नुवाकोट जिल्लामा रक्तदान, वृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए । रास्वपाले असार १ गतेदेखी असार ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी नुवाकोट जिल्लाले पनि वार्षिकोत्सव मनाउने पार्टी अध्यक्ष गजुरेलले जानकारी दिए ।

यसै अवसरमा नुवाकोट जिल्लाले असार ५ गते विदुर नगरपालिकाको हावाघरमा रक्तदान गर्ने जनाएको छ। यसैगरी सोहि दिन विभिन्न ठाउँमा सरसफाई कार्यक्रम रहेको छ। असार ७ गते चियापान र वार्षिकोत्सवको अवसरमा दीप प्रज्वलन कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य रामकृष्ण भट्टराइले जानकारी दिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top