+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँडेचौरमा नेपाली सेनाको विपद् नमुना अभ्यास

बाँडेचौरमा नेपाली सेनाको विपद् नमुना अभ्यास
डबली खबर
१ साल अगाडी

नुवाकोट – नेपाली सेनाले आज आईतबार विदुर नगरपालिका-५ स्थित बाँडेचौरमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन गरेको छ । मनसुन नजिकिँदै जाँदा नेपाली सेनाको शेर गणले बाँडेचौरमा विपदका बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीयमाँझ प्रस्तुत गरेको हो ।

पहिरोपछि उद्धारपछिको राहत अभ्यासबाट जिल्लामा क्रियाशील निकायहरुको तयारीको अवस्था, उपलब्ध स्रोत साधनको अवस्था, समन्वयको अवस्थाबारे पहिचान भई कमजोर देखिएका विषयहरुमा सुधार गर्नका लागि सिकाई भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

विपद्सम्बन्धी पूर्वनमूना अभ्यासमा पहिरोबाट घाइते भएकाको उद्धार गर्दै नेपाली सैनिक। तस्वीर: सुनील श्रेष्ठ

विपद्को समयमा उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक नमुना अभ्यास पनि गरिएको गणका प्रमुख सेनानी विष्णु कार्कीले बताए । विपद्को समयमा गर्नुपर्ने उद्धार, राहत, उपचार लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास गरी समन्वय तथा सहजीकरणलाई चुस्त र प्रभावकारी बनाउने उदेश्यले नमुना अभ्यास गरिएको उनले बताए ।

विपद व्यवस्थापनमा संलग्न हुने निकायहरुलाई क्रियाशील बनाई तयारी अवस्थामा राख्ने उद्देश्यसहितको अभ्यासमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

nepal army crisis demonstration team in nuwakot
विपद्सम्बन्धी पूर्वनमूना अभ्यासमा पहिरोबाट घाइतेको उद्धारमा जादै गर्दै नेपाली सैनिकहरु । तस्वीर: सुनील श्रेष्ठ

नेपाल सेना, नेपाल प्रहरी र स्थानीयहरुले प्रदर्शन देखाएका थिए । सैनिकहरुले मनसुनको कारण हुने पहिरोको उद्दार, राहत तथा उपचार व्यवस्थापनको समन्वय तथा सहजिकरणको प्रदर्शन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ