World Tuberculosis Day 2025
sujim advert

ढिकुरेमा एमाले नुवाकोटको अधिवेशन हुँदै

डबली खबर     जेष्ठ २२, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cpnuml nuwakot convention logo
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको आठौं जिल्ला अधिवेशनकाे तयारी पूरा भएको छ ।

आज जेठ २२ देखि २४ गतसम्म हुने तीन दिनको अधिवेशनको उद्घाटन सत्र लिखु गाउँपालिकाको ढिकुरे घाटबगरमा र बाँकी दिनको बन्दसत्र बट्टारमा गरिने पार्टीका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

जिल्लाका भूगोल, जनवर्गीय सङ्गठन र विधानबमोजिमका निकायबाट तथा मनोनित प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने अध्यक्ष मैनालीले बताए ।

अधिवेशनको तयारीका लागि विभिन्न १५ उपसिमिति गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन सत्रको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशन निर्वाचनको लागि यसपटक भोटिङ उपकरण प्रयोग गरिने भएको छ ।

अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १०५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top