अतिक्रमित घर-टहरा हटाउँदै तारकेश्वर गाउँपालिका

डबली खबर     जेष्ठ १३ २०८१ ११:३७

tarakeshwar notice
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकाेट – तारकेश्वर गाउँपािलका-२ मा रहेको महादेव मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन दोस्रोपटक पालिकाले सात दिने समायावधि दिएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले एक सूचना जारी गर्दै मन्दिर परिसरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर-टहरा भत्काउन उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष अधिकारीले गाउँपालिकाकै नाममा स्थापना गरिएको सार्वजनिक गुठी र गाउँको सांस्कृतिक धरोहरको रूपमा रहेको मन्दिरको जग्गा अतिक्रमण गरी बस्ने कार्य सर्वथा अनुचित भएको भन्दै निर्धारित समयभित्र अटेर गरी सार्वजनिक जग्गा सकभर आफैले खाली गराउन अनुरोध गरेका छन् ।

अटेरी गर्नेहरुको हकमा प्रचलित ऐन कानुन बमोजिम तत्कालै कारवाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top