sujim bazar advert

मानेडाँडामा याङ्दे छ्युर्तेन निर्माण

डबली खबर     जेष्ठ १३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

mane danda buddhist stupa nuwakot
Big Education Consultancy Nuwakot

नुवाकोट – विदुर नगरपालिका-१३ मानेडाँडामा याङ्दे छ्योर्तेन (परिनिर्वाण) को उद्घाटन भएकाे छ । २५६८ औं बुद्ध जयन्तीको अवसरमा पूर्वमन्त्री बहादुरसिंह लामाले परिनिर्वाण उद्घाटन गरेका हुन् ।

लामा धर्मगुरु कर्म डुन्डुपद्वारा बौद्धधर्मअनुसार विधिवत रुपमा साङ सेरङेम गरी पुजापाठ विभिन्न झाँकी प्रदर्शन गरी उपस्थित श्रद्धालु, भक्तजन अतिथिहरु सबैले प्रसाद ग्रहण गराएका थिए ।

समाजसेवी स्व. ध्वजविर सुम्बा तामाङ (मुखिया काईला) लगायत अन्य पितृहरुको स्मृतिमा करिब ५० लाख रुपैयाँ व्यक्तिगत लगानीमा परिनिर्वाण निर्माण गर्नका लागि उनका छोराहरु, समाजसेवि एवम् निर्माण व्यवसायी हर्कबहादुर तामाङ, लिलाबहादुर तामाङ, बुहारी सुकुमाया तामाङ, नाति समाजसेवी जितेन तामाङलगायतको विशेष आर्थिक सहयोगमा निर्माण भएकाे जनाएकाे छ ।

बागेश्वरी आधारभूत विद्यालयसँगै जोडिएको भौगोलिक दृष्टिकोणले चारैतिर गाउँको बीचमा अग्लो सतहमा निकै कलात्मक ढङ्गले बनाएको यस स्तूपा संरचनाले केवल आकर्षक मात्रै बढाएको छैनन् आन्तरिक पर्यटन भित्र्याउन सक्ने स्थानीय बताउँछन् । झण्डै ५० प्रतिशत बौद्ध धर्मावलम्बी स्थानीय बासिन्दाहरुका लागि पूजापाठ, कर्म कार्य गर्न सहज र लाभान्वित हुनेछ।

उक्त छ्योर्तेन निर्माण कार्य तथा थप संरचना र ब्यवस्थापन गर्नका लागि पितृहरुको नाममा आर्थिक भौतिक रुपमा सहयोग गर्ने दाताहरुको पितृहरुको समेत शिलान्यासमा नाम उल्लेख गरिने छ्योर्तेन निर्माण दाता तथा अभियान्ता जितेन तामाङ लामाले बताए ।

उद्घाटन समारोह याङ्दे छ्योर्तेन (परिनिर्वाण) संरक्षण समितिको आयोजनामा तथा बागेश्वरी प्रगतिशील युवा क्लबको सहआयोजनामा भएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top