+
Search

ताजा अपडेट +

पपुलर +

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

death body
डबली खबर
१ साल अगाडी

विदुर – पौडी खेल्ने क्रममा नुवाकोटका दुई युवाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका-१० स्थित तादी खोलाको घुमाउने दहमा डुबेर ककनी गाउँपालिका-४ का अन्दाजी १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नपा-१३ का अन्दाजी १९ वर्षीय रोजन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

पानीबाट उद्धार गरी तत्काल बेहोस अवस्थामा एम्बुलेन्समा राखी त्रिशूली अस्पताल पुर्याउँदा चिकित्सकबाट मृत घोषणा गरिएको प्रहरीको भनाइ छ ।

शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ