बसको ठक्करबाट एकको मृत्यु

डबली खबर     जेष्ठ ६ २०८१ ०७:५०

Accident
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुप्चेश्वर गाउँपालिका वडा नं. ३ राउतबेशीस्थितमा पुरगाउँतर्फबाट त्रिशूलीतर्फ आउँदै गरेको बसले बिपरित दिशातर्फबाट आएको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु र एक घाइते भएको छ ।

हिजो जेठ ५ गते बिहान अन्दाजी ८ बजेको समयमा बा २ ख ६३८१ नम्बरको बसले बागमती प्रदेश ०२-०२० प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक दुप्चेश्वर गाउँपालिका वडा नं.३ बस्ने अक्सर तामाङ र मोटरसाईकल पछाडी सवार तामाङकै रुपसानी तामाङ घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

उनका अनुसार भई सख्त घाईते भएका तामाङ दम्पतीलाई तत्काल उपचारको लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौं पठाईएकोमा उपचारकै क्रममा सोहि दिन बिहान १० बजेर २० मिनेटमा रुपसानीको मृत्यु भएको थियो ।

मृतककी पति अक्सर तामाङको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारवाहीको लागि प्रहरीले बसचालक लिखु गाउँपालिका वडा नं.०४ का मुनहरी मगर र बस प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top