२०८१, १० जेष्ठ बिहीबार

दुर्घटनामा दुई जनाको मृत्यु

डबली खबर     बैशाख २५ २०८१ १९:०९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विद्यालयको बस र दुई मोटरसाईकल एक आपसमा ठोकिदाँ दुई जनाको मृत्यु र दुई सख्त घाईते भएको छ ।

विद्यार्थी पुर्याएर बस फर्काउने क्रममा अर्किड एकेडेमी नुवाकोटको बा३क ३७२२ नम्बरको बससँग बागमती प्रदेश ०२-०४४ प ३६९२ र बागमती प्रदेश ०२-०४६ प १५२९ नम्बरको मोटरसाईकल बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नयाँ पुल सिर्खालीमा एकआपसमा ठोकिदाँ दुर्घटना हुदाँ घटनास्थलमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तीराज कोइरालाले जानकारी दिए । उनकाअनुसार एक जनाको उपचारको लागि त्रिशूली अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको छ ।

मृत्यु हुनेमा २७ वर्षिय रुविन रावल र २६ वर्षियको स्वीकार राणा रहेको प्रहरी जनाएको छ । दुर्घटना परी अन्य सख्त घाईते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाईएको छ ।

बसको ठक्करबाट काठमाडौंबाट कक्षा १२ को परीक्षा सकेर घुम्न आएका विद्यार्थीहरु रहेको विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमालले जानकारी दिए ।

थप अनुसन्धानको लागि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top