sujim advert

“नगरपालिकाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेको छ”: उप्रमुख बोगटी

डबली खबर     बैशाख २४, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

prabha bogati deputy mayor of bidur municipality nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले नगरपालिकाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताईकी छिन् ।

सोमबार ग्रीनलाइन नेपाल संस्थाले विदुरमा आयोजना गरेको एकदिने स्वास्थ्य र वातावरण सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षणलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले उक्त जानकारी दिएकी हुन् ।

कार्यक्रममा उपप्रमुख बोगटीले पहिलो चरणमा नगरपालिकाले सामुदायिक वनकर्मीहरुको अभिमुखीकरण तालिम गरिसकेको जानकारी समेत दिईन् । वनजङ्गललाई मानवको जीवनसङ्ग जोड्नुपर्ने छ । वनजङ्गल र खुल्ला क्षेत्रमा फलफुलका बिरुवा रोपी आयआर्जन गर्न र वन्यजन्तुबाट पनि जोगिन सक्ने बताईन् ।

“सामुदायिकस्तरमा वन संरक्षणमा महिलाहरुको ठुलै भूमिका रहेको छ”, उपप्रमुख बोगटीले भनिन् “वातावरणीय स्वास्थ्य तथा स्वास्थ्जन्य फोहोरमैला व्यवस्थापनको लागि नागरिक आफै जागरुक हुनुपर्नेछ । वन जङ्गलमा डढेलो लाग्दा श्वासप्रश्वासमा समस्या आईरहेको छ ।”

उपप्रमुख बोगटीले विकास निर्माणमा प्रयोग भएका सिमेन्टका बोरा तथा अन्य प्लास्टिकजन्य सामग्रीहरुलाई उचित व्यवस्था गरी पर्यावरण कायम राख्न सामुदायिक वनका उपभोक्ता लाग्नुपर्ने बताईन् ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग रहेको प्रशिक्षणमा नुवाकोट जिल्लाका ४० जना महिलाहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए ।

प्रशिक्षणमा वन डिभिजन कार्यालयका वन अधिकृत कमल घिमिरे, विदुर नगरपालिकाका फाेहाेर मैला तथा वातावरण शाखाका प्रमुख सुबास पाण्डे र स्वास्थ्यकर्मी गरिमा जोशीले सहजीकरण गरेका थिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top