+
Search

ताजा अपडेट +

पपुलर +

प्लास्टिक न्यूनीकरणमा प्रतिबद्धता

globalime bank announce to reduction of plastic production by 2040
डबली खबर
२ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अर्थात् प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।

बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यो वातावरणमैत्री पहल बैंकको केन्द्रीय कार्यालयबाट प्रारम्भ भइ सबै प्रादेशिक कार्यालयहरूमार्फत् मुलुकभरका आफ्ना सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुने जनाएको छ ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

हाल बैंकसँग ५ खर्ब ५२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ