sujim advert

आगो लगाएको सूचना दिनेलाई उचित पुरस्कार

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rajan shrestha mayor of bidur municipality nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्यरूपमा नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने विदुर नगरपालिकाका प्रमुख राजन श्रेठले घोषणा गरेका छन् ।

विदुर नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाद्वारा बिहिबार विदुरमा आयोजित सामुदायिक वनका पदाधिकारीहरुको अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा उक्त पुरस्कार घोषणा गरेका हुन् ।

वनमा आगो लगाएको सूचना दिने र प्रमाणित भए सुराकीलाई उचित पुरस्कारको व्यवस्था गरेको भन्दै नगरप्रमुख श्रेष्ठलेले सबैको सहयोगले मात्रै अगाडि बढ्न सक्ने बताए । जिल्लामा आगालागीका घटना न्यूनीकरण गर्न जनचेतनामूलक प्रचार सामग्री सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरिने उनले जानकारी दिए ।

“निहित स्वार्थको लागि वनमा जानाजानी आगो लगाईरहेको अवस्था रहेको छ”, उनले भने “मानवनिर्मित कुरतापूर्वक आगो लगाउने प्रवृत्ति नियन्त्रणको लागि सबै सरोकारवालाको प्रयासले सफल हुनेछ ।”

प्लास्टिक झोलालाई निरुत्साहित गर्दै वनमा रहेको पातबाट निर्माण हुने सामग्रीलाई प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उपनगर प्रमुख प्रभा बोगटीले सामुदायिक वनलाई जनताको जीवन व्यवहारसँग जोड्न नगरपालिकाले कार्य योजना रहेको बताईन् । आर्थिकवर्ष २०८१/८२ मा सामुदायिक वनमा फलफुल बगैंचा र पोखरी निर्माण कार्यलाई पालिकाले प्राथमिकतामा राखेर अघि बढ्ने जानकारी दिईन् ।

वन ऐन २०७६ अनुसार वनमा डढेलो लगाउनेलाई  तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

जिल्लामा विदुर नगरपालिकामा आगो नियन्त्रणको लागि एक मात्र वारुणयन्त्र रहेको छ ।

नगरमा ६९ वटा सामुदायिक वनको क्षेत्रफल ४ हजार ५२१ हेक्टर रहेको छ । जसमा ४० वनको नविकरण छैन ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top