sujim advert

लिफ्टिङ खानेपानी योजना शिलान्यास

डबली खबर     बैशाख १६, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोटको विदुर नगरपालिकामा तादी खोलाको पानी समवेल प्रविधिबाट निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ ।

विदुर नगरपालिका–२ नुवाकोटमा खानेपानीको समस्या झेल्दै आईरहेका बासिन्दाहरुका लागि तादी खोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाई आयोजना शिलान्यास गरिएको विदुर नपा-२ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए । करिब छ सय घरधुरीका परिवारलाई पानी वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको उनले बताए ।

आईतबार तादी किनारमा नगरप्रमुख राजन श्रेष्ठले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले खानेपानी आयोजनालाई समयमै मापदण्डमा रहेर निर्माण गर्नका लागि स्थानीय उपभोक्ता चनाखो हुनुपर्ने बताए । सफा र सुरक्षित खानेपानी पुर्याउन उपभोक्ता स्वयं लाग्न आवश्यक रहेको नगरप्रमुख श्रेष्ठले बताए । निर्माण सम्पन्न गर्न करिब १२ करोड रुपैयाँ लाग्नेछ । हाल प्रदेश सरकारबाट एक करोड बजेट विनियोजन भएपछि ९६ लाख ८७ हजार ३२१ रुपैयाँ (भ्याटबाहेक) मा ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोत्ता समितिले कार्य गर्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

योजनाको लागि नुवाकोटमा दुई लाख लिटर र गुरुङगाउँमा एक लाख लिटर क्षमताको ट्यांकी निर्माण गरी पानी वितरण गरिने जनाएको छ ।

उपभोक्ता समितिले योजना निर्माण यहि असार २५ गतेभित्र सम्पन्न गर्नेछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top