sujim bazar advert

विदुरको रकमान्तर बजेट पारित

डबली खबर     बैशाख १०, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नुवाकोट – विदुर नगरपालिकाको १४औं नगरसभा बैठकले ४ करोड ९५ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ।

सोमबार विदुरमा नगर प्रमुख एवम् नगरसभाका अध्यक्ष रादन श्रेष्ठको अध्यक्षतामा आज बसेको सभा बैठकले आ.व. २०८०/८१ को बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो।

संशोधित योजना तथा कार्यक्रममा मसलन्द तथा कार्यालय सामाग्री १६ लाख, अवकास प्राप्त कर्मचारी उत्पादन औषधी उपचार विदा ३ करोड, सडक मर्मत २ करोड, सेतीदेवी मावि सडक वडा नं. ११ को १ करोड लगायतमा चालुआर्थिक बजेटको विभिन्न ४५ वटा शीर्षकमा रकमान्तरण गरिएको छ ।

यसैगरी हात्तीगौंडा-राईसिंङ्ग-डेउडी सडक १ करोड, सडक बत्ती २५ लाख, सञ्चार तथा मिडिया क्षेत्र सहयोग २ लाख, एसइइ उतिर्ण विद्यार्थीलाई तालिम १० लाख रुपैंया लगायतका विभिन्न २८ शिर्षकमा बजेट रकम थप गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top