काठमाडौँ – कोका-कोला कम्पनीले उपभोक्ताहरूको लागि विशेष योजना ल्याएको छ । कम्पनीले घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने लक्ष्यसहित योजना ल्याएको जनाएको छ ।
कम्पनीले योजनाअन्तर्गत २.२५ लिटर र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रबर्द्धन योजना कोक एण्ड मिल्स योजनाको एक हिस्सा भएको बताइएको छ ।
यो अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका-कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ-नयाँ योजनाहरु ल्याउँदै आइरहेको छ ।
योजनामार्फत् उपभोक्ताहरूले कोका-कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया