+
Search

ताजा अपडेट +

पपुलर +

बसको ठक्करबाट एकको मृत्यु

death body
डबली खबर
२ साल अगाडी

नुवाकोट – तादी गाउँपालिका-४ सातबिसेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय डिल्लीबहादुर पाठक रहेका छन्। घ्याङस्वराबाट सातबिसेतर्फ आउँदै गरेको बा३ख ३५४३ नम्बरको यात्रुबाहक बसले गएराति करिब सात बजेको समयमा पैदल हिँडिरहेका पाठकलाई ठक्कर दिँएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख संजयसिंह थापाले जानकारी दिए ।

स्थानीय मेडिकलमा उपचारपछि रातिनै थप उपचारको लागि काठमाडौं लागिएको थियो । सख्त घाईते भएका पाठकको उपचारको क्रममा ग्राण्डी अस्पतालमा आज बिहान १० बजेर ३५ मिनेटमा भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक स्थानीय दिपेन्द्रराजा पाठकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख थापाले जानकारी दिए।

टिचिङ अस्पताल महाराजगंजमा मृतक पाठकको लाश पोष्ट मार्टम भई आफन्तले जिम्मा लिई गएको जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ