sujim bazar advert

वृद्धको हत्यामा संलग्न दुई पक्राउ

डबली खबर     फाल्गुन १९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – रसुवाको उत्तरगया गाउँपालिका डाडाँगाउका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले हत्यामा संग्लन अभियुक्तको जानकारी दिन पत्रकार सम्मेलन गर्दै गत फागुन १५ गते बिहानको समयमा किस्पाङ गाउँपालिकाको खत्रिकुनास्थित पोलेरो जंगलमा ललाईफकाई लगि हत्या गरिएको खुलेको प्रहरी प्रमुख संजयसिंह थापाले जानकारी दिए ।

मृतकलाई रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं २ धैबुङका ४१ वर्षीय अनिल भुषाल भन्ने चेतबहादुर दमाई उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल दुवैजना मिलेर साथमा ल्याएको दाउराले टाउकोमा प्रहार गरि घट्नास्थलमा नै विभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख थापाले बताए ।

विगत लामो समयदेखि घर छोडी किस्पाङ गाउँपालिका क्षेत्रमा काम गर्दै आएका थिए । हत्या गरेर भागेका अभियुक्तहरुलाई खोजतलाश क्रममा प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख थापाले बताए ।

हत्यामा संलग्न दुवै अभियुक्तहरुलाई जिल्ला अदालत नुवाकोटमा उपस्थित गराई अनुसन्धानको लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा काठमाडौंबाट सुघ्ने कुकुर (केनाइन) को प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top