sujim advert

दरबार पुननिर्माण ढिलाईमा नगरप्रमुखले बुझाए चिनियाँ राजदूतलाई ध्यानाकर्षण पत्र

डबली खबर     पुस १३, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

नुवाकोट – साततले दरबार पुननिर्माणमा ढिलाई भएकोमा आज विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले चिनियाँ राजदूत चेन सोङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगरप्रमुख श्रेष्ठसहित जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नगर उपप्रमुख प्रभा बोगटी र जनप्रतिनिधिहरुको टोलीले चिनिया राजदुताबास काठमाडौं पुगी आर्थिक तथा वाणिज्य कन्सुलर सिय युमार्फत् चिनियाँ राजदुत चेन सोङलाई साततले दरबार पुननिर्माणको प्रतिबद्धता पुरा गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ “भूकम्पबाट क्षतिग्रस्त भएपछि साततले दरबार र दरबार परिसरमा रहेका गारदघर, शितलपाटी, तलेजु भवानी मन्दिरलगायतका ऐतिहासिक तथा धार्मिक संरचनाहरुको मित्रराष्ट्र चीन सरकारको तर्फबाट पुनर्निमाण सम्पन्न गर्ने गरी सात वर्षअघि सम्झौता भएकोमा हालसम्म पुननिर्माण कार्यले गति लिन सकेको छैन ।”

दरबारको पुर्नानिर्माण नहुदाँ ऐतिहासिक संरचनाहरु झन् जीर्ण हुँदै गएको र ऐतिहासिक सम्पदा तथा अनमोल संरचनाको अस्तित्व सङ्कटमा पर्दा इतिहाससँग जोडिएका स्थानीय सभ्यता र सांस्कृतिक धरोहरहरु नासिने अवस्था सिर्जना भएको तथ्यको समेत स्मरण गराएको छ ।

मल्लकालिन सम्पदा समेत रहेको र नेपाल सरकारबाट सन् २००९ मा विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रस्ताव गरिएको दरबार क्षेत्रको समयमै जीर्णोद्धार र संरक्षण हुनुपर्नेमा त्यसो हुन नसकी यहाँको ऐतिहासिक र धार्मिक अस्तित्व सङ्कटमा पर्दै गएकोमा विदुर नगरपालिका गम्भीर भएको छ । पुनर्निर्माणको विलम्बले स्थानीयवासी र सरोकारवालाहरुमा संसय समेत पैदा हुँदा तत्काल पुननिर्माण सम्पन्न गर्न पहल गरेको छ ।

दरबारको पुनर्निर्माणका लागि थप विलम्ब गर्न नहुने निष्कर्षमा नगरपालिका रहेको र अझै चिनिया सरकारले थप विलम्ब गरेमा अहिलेसम्म गरेका प्रतिबद्धता र सदासयताप्रति मित्रराष्ट्र चीन सरकारलाई धन्यवाद दिदैं स्थानीय सरकारको दायित्वको रुपमा स्वीकार गरी पुननिर्माणका लागि वैकल्पिक पहलीकदम लिन नगरपालिका बाध्य हुने उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै कन्सुलर सिय युले विश्वभर फैलिएको महामारी कोभिड-१९ को कारण सबै कार्य ठप्प गरिएको र दरबार पुनर्निमाणमा खटिएका प्राविधिक पक्षमा प्राविधिक कठिनाई भएकोले ढिलाई हुन पुगेको बताए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top