sujim advert

विदुर नगरपालिकामा अपराध बढ्दो

डबली खबर     मंसिर २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले बट्टारको हावाघरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रहरी प्रमुख सञ्जिवसिंह थापाले नुवाकोटका १२ वटै स्थानीय तहहरुमध्ये विदुर नगरपालिकामा चालुआर्थिक वर्षमा ५९ अपराधका घटना दर्ता भएको जानकारी दिए । शहरी जनजीवन, आर्थिक क्रियाकलाप लगायतका गतिविधिहरुले विदुरमा अपराध बढेको उनले बताए । अपराध न्यूनिकरणमा सरोकारवाला सबैको हातेमालो हुनुपर्ने बताए । यसैगरी सबैभन्दा कम किस्पाङ गाउँपालिकामा शान्ति र सुरक्षामा अगाडी रहेको बताए । किस्पाङमा यस वर्ष दुई घटना मात्र दर्ता भएको जानकारी उनले दिए ।

चालुआर्थिक वर्षको मङ्सिर महिनासम्ममा विभिन्न अपराधका ३९ जना अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख थापाले जानकारी दिए । जसबाट नुवाकोट प्रहरीले सात लाख ६८ हजार ६२५ रुपैंया असुल गरेको छ ।

गत आव २०७९/०८० मा दुई सय ५१ घटना दर्ता भएको छ । जसमा आत्महत्या ४८ र यौन व्यवसाय १८ घटना र अन्य घटना दर्ता भएको छ ।

सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै नुवाकोटका प्रहरी प्रमुख थापाले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताए ।

कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिका-४ का वडा अध्यक्ष निलमबाबु ढुंगेलले नुवाकोटको शान्ति सुरक्षा कायम राख्न सफल रहेको र थप सुरक्षा संयन्त्र कायम राख्न समय सापेक्ष सुरक्षा रणनिति अपनाउनुपर्ने औल्याए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले समग्र नुवाकोटका व्यापारीहरुको शान्ति, सुरक्षा, बजार क्षेत्रमा सिसिक्यामरा जडान, बट्टार बसपार्क सञ्चालनबारे ध्यानाकर्षण गराएका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top