२०८१, २१ बैशाख शुक्रबार

भूकम्पपीडितलाई ककनी गाउँपालिको सहयोग

डबली खबर     मंसिर २७ २०८० १६:१४

jajarkot rukum earthquake kakani rural municipality donate
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ककनी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १० लाख ५१ हजार ३३४ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधबार गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र सांसद हितबहादुर तामाङको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल भेटेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको चेक हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिकाको पहलमा जनप्रतिनिधिहरुले प्राप्त गर्ने दुई दिनको सेवा सुविधा, पालिकाको अधिकृतस्तरको कर्मचारीहरुको तर्फबाट दुई दिन र अन्य कर्मचारीहरुको एक दिन एवम् गाउँपालिकाको कोषबाट रु.५ लाख गरी उक्त रकम सङ्कलन गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top