२०८१, २१ बैशाख शुक्रबार

सूचनाको हकका लागि एक महिने अभियान

डबली खबर     मंसिर २६ २०८० १०:२६

rti nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ – भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सुशासनका लागि एक महिने सूचना माग अभियान शुरू गरिएको छ ।

महासङ्घ केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सार्वजनिक सरोकारका निकायमा सुशासन प्रर्वद्धन लागि सार्वजनिक चासोका विषयमा एक महिनासम्म सूचना माग गर्न सबै प्रदेश र ७७ वटै जिल्लाका शाखालाई निर्देशन दिइएको अध्यक्ष उमीद बागचन्दले जानकारी दिए ।

मङ्सिर २४ गतेदेखि भएको एक महिने अभियान पुस २३ गतेसम्म सञ्चालन हुनेछ । सूचना मागेको, प्राप्त गरेको र त्यसको अवस्थाबारे समेत विभिन्न सञ्चार माध्यामबाट सार्वजनिक गरिने महासंघले जनाएको छ ।

अभियानका क्रममा मागिएका सूचनाको सदुपयोग गर्दै समाचारका माध्यमबाट आमनागरिकलाई जानकारी गराइने महासङ्घले जनाएको छ । सूचना माग गरेर तथ्य पत्ता लगाई खोज पत्रकारिताका माध्यमबाट निरन्तर पिछा गर्ने पनि अध्यक्ष बागचन्दले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top