२०८१, १६ बैशाख आईतवार

एमालेको संकल्प यात्रा बागमती प्रदेशमा

डबली खबर     मंसिर २३ २०८० १७:४५

battar cpnuml nuwakot 23082080
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा बागमती प्रदेश आईपुगेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, गोरखा हुँदै एमालेको यात्रा आज दिउँसो धादिङ आई पुगेको हो ।

पार्टी अध्यक्ष केपी ओलीको टोलीलाई स्वागत गर्न जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, केन्द्रीयसदस्यसहितको टोली नुवाकोट र धादिङको सिमाना भर्याङभुरुङ पुगेको छ ।

अहिले यात्रा लपाङफेदी आईपुगेको पार्टी उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित नौ दिनअघि सुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १९ दिनसम्म चल्ने अभियानमा झन्डै दुई हजार किलोमिटरको यात्रा र लाखौँ स्थानीय सम्बन्धबारे स्थानीयबासीसँग छलफल गर्ने एमालेले जनाएको छ ।

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोवास गर्ने स्थानीयवासीसँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको एमाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top