नुवाकोट – कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर सडक निर्माण कार्यको शिलान्यास भएको छ ।
बिहिबार आठ किलोमिटर ७६ मिटर लम्बाई रहेको उक्त सडकको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय नुवाकोटमार्फत् कार्यान्वयन हुने गुर्जेभञ्ज्याङ शिवपुरी–६ समुन्द्रादेवी साविक गाविस भवन महतटोल रातमाटेदेखि लिखुपुल-महाकाली-कुखुरे-मानेभञ्ज्याङ-दुप्चेश्वर सडकको बाँकी सडक खण्डको निर्माण कार्यको शिलान्यास भएको हो ।
४० करोड ४१ लाख २२ हजार सातसय ५८ रुपैयाँको लागतमा स्तरोन्नती हुने उक्त सडक पिआर कन्स्ट्रक्सन ललितपुरले पाएको छ । २०८२ माघ ११ गते भित्र सम्पन्न गर्ने गरि निर्माण सम्झौता भएको जनाएको छ ।




















प्रतिक्रिया