+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर सडक शिलान्यास

कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर सडक शिलान्यास
डबली खबर
२ साल अगाडी

नुवाकोट – कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर सडक निर्माण कार्यको शिलान्यास भएको छ ।

बिहिबार आठ किलोमिटर ७६ मिटर लम्बाई रहेको उक्त सडकको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका हुन् ।

पूर्वाधार विकास कार्यालय नुवाकोटमार्फत् कार्यान्वयन हुने गुर्जेभञ्ज्याङ शिवपुरी–६ समुन्द्रादेवी साविक गाविस भवन महतटोल रातमाटेदेखि लिखुपुल-महाकाली-कुखुरे-मानेभञ्ज्याङ-दुप्चेश्वर सडकको बाँकी सडक खण्डको निर्माण कार्यको शिलान्यास भएको हो ।

४० करोड ४१ लाख २२ हजार सातसय ५८ रुपैयाँको लागतमा स्तरोन्नती हुने उक्त सडक पिआर कन्स्ट्रक्सन ललितपुरले पाएको छ । २०८२ माघ ११ गते भित्र सम्पन्न गर्ने गरि निर्माण सम्झौता भएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ