sujim bazar advert

मृत्युपछि राधिकासहित १३ महिला स्वयंसेविका सम्मानित

डबली खबर     मंसिर १९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

13 women health volunteer rewarded in nuwakot bidur municipality
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिकाले २०औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । दिवसकै अवसर मृत्युपछि राधिकासहित १३ महिला स्वास्थ्यस्वयंसेविका सम्मान गरेको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाईएको हो ।

कार्यक्रममा वडा नम्बर ३ खड्गभञ्ज्याङ्ग स्वास्थचौकी मातहतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका राधिका श्रेष्ठलाई मृत्युपछि पनि सम्मान गरिएको स्वास्थ्य प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । उनको गत भाद्रमा उपचारको क्रममा निधन भएको थियो ।

समग्र नगर र वडाको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगरका सबै वडाबाट १/१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ दिवसको अवसरमा स्वास्थ्य नीति, महिला तथा बालबालिका स्वास्थ्य, खोप, नगर स्वास्थ्यलगायत नगरसम्बन्धि जानकारी दिन नगरपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा १० नम्बर वडा महिला स्वास्थ्य स्वयंसेविका समुह प्रथम, ४ नम्बर वडा समुह द्वितिय र ५ नम्बर वडा समुह तृतीय भएका छन् । प्रतियोगितामा विजयी हुने प्रथम, द्वितीय र तृतीय हुनेले तीनहजार, दुईहजार र एकहजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको नगर स्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

विजेतालाई विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले स्वास्थ्य क्षेत्रमा तल्लो इकाइमा रहेर महिला स्वास्थ्य स्वयंसेविकाको कार्यको प्रशंसा गरिन् । स्वयंसेवक भनेको निस्वार्थ भावले गरिने कार्य भएतापनि नगरको स्वास्थ्य नीति कार्यान्वयनमा ठुलो प्रभाव परेको उनले बताईन् ।

कार्यक्रममा नगरका एकसय ३९ महिला स्वास्थ्य स्वयंसेविकालाई झोला वितरण गरिएको छ ।

नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top