sujim bazar advert

तादीका बिरामीहरुलाई नि:शुल्क रगत, सम्पूर्ण शुल्क गाउँपालिकाबाट भुक्तानी

डबली खबर     मंसिर १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

free blood provide contract with tadi rural municipality and nepal redcross society nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – तादी गाउँपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत नि:शुल्क उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले रेडक्रससँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत नि:शुल्क उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष सन्तमान तामाङले बताए ।

नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरि आफ्ना बिरामी नागरिक स्थानीय अस्पताल वा नेपाल अधिराज्यभरका अस्पतालमा भर्ना भई उपचार गराउँदा रगतको नि:शुल्क व्यवस्था गराएका हुन् ।

बिरामीले रेडक्रसबाहेक रगत खरिद गरी उपचार गरेमा पनि पछि सो रकम बराबरको बिल अनुसार भुक्तानी गर्ने अध्यक्ष तामाङको भनाई छ । रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिएको तामाङको भनाई छ  ।

रेडक्रसले तादीका बिरामी नागरिकलाई परिचयको आधारमा नि:शुल्क रगत उपलब्ध गराउनेछ ।

संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गराउने यस्तो कार्यक्रमको पालिकाबासीहरुबाट प्रशंसा भएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top