sujim advert

म्हेन्दोमाया तथा साइकोले प्रतियोगिता हुने

डबली खबर     मंसिर १८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

office of myagang rural municipality nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – म्यागङ गाउँपालिकाको आयोजनामा ‘गाउँपालिकास्तरीय म्हेन्दोमाया तथा साईकोले प्रतियोगिता हुने भएको छ।

‘हाम्रो साँस्कृति, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथमा स्थानीय मौलिक कला र संस्कृतिको सम्मान गर्न गाउँपालिकाले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसहित डम्फु र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आगामी पौष ३ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा यहि मंसिर ३० गतेसम्म समूह दर्ता गरिसक्नुपर्ने छ।

प्रतियोगिताका एक समुहमा बढिमा १२ जनासम्म राख्न पाइनेछ भने सबैले मौलिक पोशाक लगाउनुपर्नेछ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top