२०८१, १६ बैशाख आईतवार

उत्तरगयाधाममा १०८ शिवलिङ्ग प्राण प्रतिष्ठा

डबली खबर     मंसिर १८ २०८० ०६:०३

uttargaya dham rasuwa nuwakot betrawati shivaling
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेत्रावती – नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाममा १०८ शिवलिङ्गको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ ।

स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको बेत्रावतीमा १०८ शिवलिङ्ग स्थापना गरि प्राण प्रतिष्ठा गरिएको स्थानीय दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

सहयोगीदाताले नगद र जिन्सी सहयोग गरेको उनले बताए । उक्त शिवलिङ्ग स्थापनाको लागि रु १६ लाख ५० हजार ९१७ रुपैयाँ खर्च लागिएको उनले जानकारी दिए । सहयोगीदाताको नाम शिलालेखमा राखिने जनाएको छ ।

आईतबार शिवलिङ्ग प्राण प्रतिष्ठा रूद्री पूजन, लाखबत्ति प्रज्वलन गरी यसको उद्घाटन गरिएको हो।

आगामी मङ्सिर २५ गते बालाचतुर्दशीमा शतबीज छर्ने दिनको लागि पनि तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top