sujim bazar advert

दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत

    बैशाख ८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौँ/ मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका दरले ५५ जना मनोनीत भएका हुन् ।

राजनीतिक, महिला, खेलकुद, दैनिक जीवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विद्या रहेका छन् ।

मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई आज एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवं अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताउनुभयो ।

प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिनुभयो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top