sujim advert

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

डबली खबर     मंसिर ६, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

truck accident in thulokhola belakotgadhi municipality nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – ठुलोखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

गल्छी-केरुङ राजमार्गअन्तरगत बेलकोटगढि नगरपालिका-७ मा बुधबार बिहान बागमती प्रदेश ०१-००६-ख-५६०६ नम्बरको ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । सख्त घाईतेको त्रिशुली अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।  

प्रहरीका अनुसार नवदुर्गा मल्टिप्रडक्टस मणिग्राम  रुपन्देहीबाट चाउमिन बोकि नुवाकोट आउँदै गरेको ट्रक गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको ठूलो खोला स्थानमा आएपछि आफै अनियन्त्रित भइ सडकबाट ८० मीटर तल खसेको हो ।

दुर्घटनामा चालक, सहचालक र सोही कम्पनीमा काम गर्ने दिपक क्षेत्री गम्भिर घाईते भएकोमा तत्कालै उपचारको लागि त्रिशूली अस्पताल पठाइएको थियो । गम्भिर घाइते भएको दिपक क्षेत्रिको उपचारकै क्रममा करिब ७ बजे अस्पतालमा नै मृत्यु भएको हो ।

अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सवारी चालक पाल्पा माथागढी गाउँपालिका-५ का २६ बर्षिय वीरबहादुर खाम्चा जिल्ला प्रहरी कार्यालयको  नियन्त्रणमा रहेको बताईएको छ । सहचालक पाल्पा जिल्लाको माथागढी गाउँपालिका-५ वर्ष १९ को खमबहादुर घर्तिको उपचार जारी छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top