sujim advert

मूल्याङ्कनको आधारमा त्रिशूली अस्पताल प्रदेशकै प्रथम

डबली खबर     कार्तिक २४, २०८०

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – स्वास्थ्यका न्यूनतम सेवा मापदण्ड (मास) पुरा गरेर त्रिशूली अस्पताल बागमती प्रदेशमै प्रथम भएको छ ।

आर्थिक वर्ष २०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्यांकनका आधारमा अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा प्रथम भएका अस्पताललाई बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिक सिंहलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

वार्षिक समिक्षा गोष्ठीमा दोस्रोपटक प्रदेशस्तरीय अस्पतालमा प्रथम भएको अस्पताल प्रशासन व्यवस्थापक रिकेश रानाले बताए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top