नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ६ का १८ जनाको मोतीविन्दु भएका बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
वडाका वृद्धवृद्धाको माइक्रोसर्जिकल मोतियाबिन्दु प्रक्रिया र इन्ट्रा-ओकुलर लेन्स प्रत्यारोपण डाक्टर सन्दुक रुइतको समूहले गरेको हो ।
तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा फुललारी गुम्बाको व्यवस्थापन र वडा नम्बर ६ को सहकार्यमा भएको वडाअध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
सफल शल्यक्रिया पश्चात् आफ्नो आँखाको ज्योति फर्केपछि बिरामीले हर्ष प्रकट गरेको थिए ।
प्रतिक्रिया