sujim bazar advert

“ऐश्वर्य विज्ञान” प्रशिक्षणका लागि आवेदन खुला

डबली खबर     कार्तिक २१, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Aishworya Vigyan Training Kathmandu LP Bhanu Sharma
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – सकारात्मक सोचको विकास, योग, ध्यान, चिन्तन र सङकल्प गर्न सक्ने क्षमता अभिवृद्धि गराउने उद्देश्यले काठमाडौंमा “ऐश्वर्य विज्ञान” तालिम आयोजना हुने भएको छ ।

जीवन विज्ञान फाउन्डेशन काठमाडौंको प्रयोगशालामा सात दिनसम्म चल्ने तालिमको सहजीकरण जीवन विज्ञान फाउन्डेशनका जीवन विकास विशेषज्ञ एलपि भानु शर्मा र रमेश नेपालले गर्ने जीवन विज्ञान योग नुवाकोट प्रयोगशालाका प्रशिक्षक विन्दिया बमरेलले जानकारी दिईन्।

बिहान ७:३० बजेदेखि बेलुका ५ बजेसम्म एकहप्ते तालिमको लागि खाना, बस्न र सुत्नको व्यवस्थाको लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको प्रशिक्षक बमरेले जानकारी दिईन् । थप आवश्यकताअनुसार सुविधाको लागि खर्च लाग्ने जनाएको छ ।

ऐश्वर्य विज्ञान तालिममा सहभागिताको लागि अनलाइन आवदेन दिन सकिने छ । आवदेन दिन यहाँ क्लिक वा ट्याब गर्नुहोला ।

कार्यक्रममा आफ्नो जीवनभित्र लुकेको सम्पन्नता एवं वैभवको असीम स्रोतको अध्यात्मिक रहस्यको पूर्ण जानकारी प्राप्त गर्न र व्यक्तिगत जीवनमा आर्थिक लक्ष्यहरूको निर्धारण गदै आवश्यक आँट एवं ऊर्जाको परिचालन गर्ने कला सिक्नु हुनेछ ।

आफ्नो लक्ष्य एवं व्यक्तित्व अनुसार उपयुक्त कार्य, पेशा एवं व्यवसायको छनौट एवं स्वरोजगारका लागि उपयुक्त मानसिकताको निर्माण गर्न सक्नु हुनेछ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top