sujim bazar advert

अवैध क्यान्टिन हटाउन प्रशासनको निर्देशन

डबली खबर     कार्तिक १६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

dadhing district administration office
Big Education Consultancy Nuwakot
global ime bank flash loan

धादिङ – जिल्लाको सरकारी कार्यालय वरपर सञ्चालनमा रहेको अवैध चमेना गृह तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सुचना जारी गर्दै अवैध रुपमा सञ्चालनमा रहेको क्यान्टिन बन्द गरी प्रशासनलाई जानकारी गराउन वा प्रक्रिया पुरा गरेर सञ्चालन गर्नको लागि निर्देशन दिएको छ ।

जिल्लास्थित विभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा सञ्चालनमा रहेको क्यान्टिन तत्काल बन्द गर्न निर्देशन गरेको हो ।

कानुनी प्रक्रिया पुरा नगरी चर्को मुल्यमा गुणस्तरहीन वस्तुहरु विक्रि वितरण भएको र त्यस्ता क्यान्टिनहरुमा बिचौलीयाहरुको अखडा भएको भन्दै बन्द गर्न वा प्रक्रिया पुर्याएर सञ्चालन गर्न निर्देशन गरीएको हो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top