sujim advert

नुवाकोट उद्योग वाणिज्य सङ्घको मुखपत्र विमोचन

डबली खबर     कार्तिक २, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले मुखपत्रका रुपमा अर्धवार्षिक बुलेटिन ‘उद्योग वाणिज्य सन्देश’ प्रकाशन गरेको छ । 

सङ्घले प्रकाशन आरम्भ गरेको अर्धवार्षिक बुलेटिनको विहीबार नेपाल उद्योग वाणिज्य महासंङ्घका केन्द्रीय सदस्य तथा संङ्घका पूर्वअध्यक्ष ताराबहादुर कार्कीले संङ्घको सचिवालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच विमोचन गरेका हुन् ।

संङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नुका साथै सरोकारवालासँगको सहमति र सहकार्यलाई जोड दिनेछ ।

सङ्घको मुखपत्रका रुपमा प्रकाशन गरिएको रङ्गिन बुलेटिनले संङ्घका गतिविधि तथा कार्यक्रम र उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने सङ्घका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य सन्देश प्रकाशनका संयोजक सन्तोष उप्रेतीले बताए ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top