२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

देवीघाटमा सुपथ मूल्य पसल

डबली खबर     आश्विन २८ २०८० २१:५८

supath mulya pasal nuwakot commerce and industries salt trading corporative open in Devighat
pratik book and stationery center in nuwakot

देवीघाट – दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आईतबार (आज) देखि देवीघाटमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा विदुर नगरपालिका-५ देवीघाटमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका हुन् ।

नगरप्रमुख राजन श्रेष्ठले आर्थिक मन्दीमा सुपथ मुल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने बताए । नगरका हरेक वडामा यस्ता पसल खोल्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताए । व्यापारीमाझ प्रतिस्पर्धाभन्दा पनि उपभोक्तालाई सुलभ मुल्यमा खाद्यान्न उपलब्ध गराउनु आवश्यक रहेको भनाइ राखे ।

विदुर नपा-५ र बेलकोटगढी नगरपालिका उपभोक्ताहरुलाई लक्षित गर्दै नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा न्यू जालपादेवी सप्लायर्समा सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । भटमासको खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७/७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट रु २ र चिनी प्रति किलोग्राममा ९७ रुपैंया मुल्यमा पाईने उनले जानकरी दिए।

यसअघि हावाघरमा रहेको बाघ बच्छला किराना स्टोरमा शनिबारदेखि सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top