sujim bazar advert

महिला स्वास्थ्य स्वयंसेविका कामीछोमो सम्मानित

डबली खबर     अशोज २३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

woman health volounteer kamichhomo tamang rasuwa
Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा – रेडियो लाङटाङले स्वर्गीय इश्वरी अधिकारी स्मृती महिला स्वयंसेविका पुरस्कारद्वारा महिला स्वास्थ्यस्वयंसेविका कामीछोमो तामाङलाई सम्मान गरेको छ ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको नवौ वार्षिक साधारणसभाको अवसरमा स्वास्थ्यस्वयंसेविका तामाङलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर गीता न्यौपानेले जानकारी दिईन् ।

राष्ट्रिय स्वास्थ्य कार्यक्रम सफल बनाउन रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-५ मा विगत ३५ वर्षदेखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भइ मातृस्वास्थ्य, जनस्वास्थ्य, आमा समुह परिचालन र समुदायमा आधारित स्वास्थ्य कार्यक्रम संचालन गरी समुदायमा पुर्याएको योगदानको कदर गर्दै स्वास्थ्यस्वयंसेविका तामाङलाई पाँच हजार ५५ रुपैयाँ नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा लामालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख घिमिरे, उपाध्यक्षद्वय लामाले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा गाउँपालिकाको उपस्थिति देखाएको भन्दै स्वास्थ्यस्वयंसेविका तामाङको प्रशंसा गर्नुको साथै समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको बताए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top