+
Search

ताजा अपडेट +

पपुलर +

१६५ सामुदायिक कुकुरहरुको बन्ध्याकरण

Vaccination against rabies along with permanent neutering of dogs
डबली खबर
२ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक एक सय ६५ कुकुरहरुको स्थायी बन्ध्याकरण गर्नुको साथै रेबिज विरुद्धको खोप लगाईएको छ।

नगरपालिकाले चालुआर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाईएको जनाएको छ ।

रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईएको नगरप्रमुख राजन श्रेष्ठले बताए।

गत असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कार्यक्रममा नेशनल जुनोसिस एण्ड फुड हाइजिन रिसर्ज सेन्टर काठमाडौंको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ