२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल वित्तपोषण सम्झौता

डबली खबर     आश्विन ५ २०८० २१:११

globalime and bottlers nepal tarai contracted to distributor furnishing nepal
pratik book and stationery center in nuwakot

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल वित्तपोषण कार्यक्रम सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच भएको उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले बोटलर्सका उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक वितरकहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल वित्तपोषण सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक वितरकहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल वित्तपोषण कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक दीपक सेन्थिलनाथको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top