sujim bazar advert

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल वित्तपोषण सम्झौता

डबली खबर     अशोज ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

globalime and bottlers nepal tarai contracted to distributor furnishing nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल वित्तपोषण कार्यक्रम सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच भएको उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले बोटलर्सका उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक वितरकहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल वित्तपोषण सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक वितरकहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल वित्तपोषण कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक दीपक सेन्थिलनाथको उपस्थिति रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top