sujim advert

नुवाकोटमा विद्युतिय माइक्रोबस चल्ने

डबली खबर     अशोज ४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

micro bus lunching electric vehicle service
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ ।

बिहिबार बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए । आरामदायी, आकर्षक डिजाइन, विभिन्न नवीनतम् फिचर, ध्वनी प्रदुषणरहित र वातावरणमैत्री माइक्रोबसले यात्रुको यात्रा सहज गर्ने भएकोले किङलङ्ग माइक्रो बसको उत्पादन र सिजी मोटर्सको सहकार्यमा उक्त विद्युतिय माइक्रो बसहरु त्रिशूली-काठमाडौं र नगर यातायातको रुटमा सञ्चालनमा ल्याएको उनले बताए । माईक्रोबस सञ्चालनमा दुईदशको लामो अनुभव बटुलेका कारण अन्य यातायात कम्पनीको तुलनामा जिल्लामा आफ्नो कम्पनीको सेवाले फड्को मार्ने उनले दावी समेत गरे ।

विद्युतिय सवारीसाधन सञ्चालनको लागि आवश्यक चार्जिङ स्टेशन, चालक र सहचालकको छनौट तथा तालिम कार्य अघि बढी सकेको कम्पनीका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । हाललाई १५ माईक्रो बस थप गरिने र सेवा विस्तार गर्दै थप गर्दै १४ र ११ सिटको सेवा सुरु गरिने उनले बताए ।

हाल कम्पनीको ३५ वटा माईक्रोबस सञ्चालनमा रहेको कम्पनीका जिल्ला अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । जसमा ६ वटा त्रिशूली-काठमाडौं रुटमा र अन्य २९ वटा नुवाकोटभित्र सञ्चालनमा रहेको उनले बताए ।

यस्तै, टिमुरे बस तथा मिनीबस यातायात प्रालिले पनि दशैंअघि त्रिशूली-काठमाडौं विद्युतिय माईक्रोबस सञ्चालनमा ल्याउन तयारी गरिसकेको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top