२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा आपूर्ति तथा बजार अनुगमन अनुशिक्षण

सुनील श्रेष्ठ     भाद्र ३१ २०८० २१:२९

nuwakot chambers of commerce organized market supervision knowledge to businessman
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले दशैँतिहार लक्षित गर्दै विषयगतका व्यवसायीहरुलाई आपूर्ति तथा बजार अनुगमन सम्बन्धि अनुशिक्षण दिएको छ । नुवाकोट चेम्बर अफ कमर्सको समन्वयमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा विदुर नगरपालिका क्षेत्रभित्रका प्रमुख व्यापारीहरुको उपस्थिति रहेको थियो ।

चाडपर्वमा हुने खाद्य तरलता, मूल्यवृद्धि, गुणस्तरको मापदण्ड, प्रसाशन र स्थानीयले गर्ने बजार अनुगमनको विषयकमा व्यवसायीलाई जानकारी गराईएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले बजारमा मापदण्डमा रहेर पशुवध गर्न, स्वच्छ मासु बिक्रि गर्न र मानव स्वास्थ्यलाई हानी हुने कुनै पनि मासु बिक्रि नगर्न अनुरोध गरे ।

कार्यक्रममा सहभागीहरुले अण्डर बिलिङ, अन्तर्राष्ट्रिय देशबाट आयातित सामाग्रीको मूल्य निर्धारण, व्यापारीहरुको हक, हित र संरक्षण, बजार प्रणालीलाई प्रतिस्पर्धी, कर तथा सूचक बोर्ड, अनुगमनका विषयमा व्यापारीहरुलाई हेरिने नजरको समस्या राखेका थिए । व्यापारीहरुले म्याद गुज्रेका खाद्य सामाग्री बिक्री वितरण नगरेको र केहि त्रुटीलाई अनुगमनको नाममा व्यवसाय र व्यवसायीको प्रतिष्ठालाई स्टनबाजी नगर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला अनुगमन समितिका संयोजक वेदनिधी अधिकारी, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख किशोर सापकोटा, नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधान, संघका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीलगायतले चाडपर्वमा उपभोक्ताप्रति जिम्मेवार बनाउन प्रचलित कानुनको कार्यान्वयमा जोड दिन, उपभोक्ता शिक्षासम्बन्धी सचेतना र बजार अनुगमनको कार्ययोजना बनाइ उपभोक्ता हित संरक्षणको कुरालाई विशेष प्राथमिकतामा दिन जोड दिए ।

नजिकिदै गरेको चाडपर्वमा महँगी, कालोबजारी, कृत्रिम अभाव हुन नदिई चुस्त बजारको सिर्जना गर्ने सहभागी संघ/संस्था र व्यापारीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top