२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक

डबली खबर     भाद्र २१ २०८० ११:२२

cpnuml bagamati province logo
pratik book and stationery center in nuwakot

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ । प्रतिनिधिसभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सन्जालबाट प्रदेश प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

हिमालदेखिभित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौं र काठमाडौंको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।

एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनी र अनिष्मा बस्नेत सदस्यहरु रहेका छन् । प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरीशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।

भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ । यस्तै काठमाडौको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टिको लाल झण्डा पनि फहराइएको छ ।

लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिवेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशनहरु तयारीमा जुटेको हो ।

लुम्बिनी प्रदेशले हालै प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top