+
Search

ताजा अपडेट +

पपुलर +

कानुन समितिको सभापतिमा सुवेदी

bimala subedi nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – प्रतिनिधिसभाका विषयगत कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी चयन भएकी छिन्। समितिले आइतबार गरेको मनोनयनका आधारमा सोमबार उनलाई सभापतिमा सर्वसहमत चयन गरेको हो।

bimala subedi

उनले आईतबार आफ्नो उम्मेदवारी मनोनयनका लागि दर्ता गराएकी थिईन् । उनकाे प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती, समर्थकमा एमाले सांसद महेश बर्ताैला, कांग्रेस सांसद रमेश लेखक र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका थिए ।

सुवेदीलाई सभापति चयन गर्ने समिति बैठकको अध्यक्षता कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्। बैठकमा पदेन सदस्यका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन्।

सभापतिहरूले पद तथा गोपनियताको शपथ

प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। सोमबार सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाएका हुन्।

नेकपा (एमाले) बाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह, पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन्।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, नेपाली कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्विरोध भएका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ