+
Search

ताजा अपडेट +

पपुलर +

१३ सरकारी अस्पतालमा शैय्या सुविधा नि:शुल्क

nurses served in general ward trishuli hospital
डबली खबर
२ साल अगाडी

नुवाकोट – भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क शैय्या सुविधा पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले साउन २८ गते प्रदेश मातहतका १३ वटै अस्पताललाई परिपत्र गर्दै क्याबिन, आईसीयू र एनआईसीयूबाहेकका सम्पूर्ण शैय्या सुविधा नि:शुल्क उपलब्ध गराउन निर्देशन दिएको थियो ।

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८११ शय्यामा निःशुल्क सुविधा पाउने भएको छ ।

यी हुन् सुविधा उपलब्ध हुने १३ अस्पताल :

१. हेटौंडा अस्पताल, हेटौंडा

२. रसुवा अस्पताल, रसुवा

३. त्रिशुली अस्पताल, नुवाकोट

४. सिन्धुली अस्पताल, सिन्धुली

५. भक्तपुर अस्पताल, भक्तपुर

६. रामेछाप अस्पताल, रामेछाप

७. धादिङ अस्पताल, धादिङ

८. चौतारा अस्पताल, सिन्धुपाल्चोक

९. बज्रबाराही चापागाउँ अस्पताल, ललितपुर

१०. टोखा चण्डेश्वरी अस्पताल, काठमाडौं

११. बकुलहर रत्ननगर अस्पताल, चितवन

१२. पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोट दोलखा

१३. मेथिनकोट अस्पताल, काभ्रेपलान्चोक

प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ