+
Search

ताजा अपडेट +

पपुलर +

प्रदर्शनी, सम्मेलन र साझेदारीको लागि इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी

Nepal Electric Power and Lights and Nepal Consumer Electronics and Home Appliances Expo 2023
डबली खबर
२ साल अगाडी

नुवाकोट – विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित दोस्रो नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भाद्र १५ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डप हुने भएको छ । मिडिया स्पेस सोलुसन्सका र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्सको संयुक्त आयोजना हुन लागेको हो ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा प्रदर्शनी, सम्मेलन र साझेदारी आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजिएको आयोजक संस्था मिडिया स्पेसका निर्देशक श्रीजल भट्टराईले बताए ।

यी सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह नगर्ने उनले बताए ।

प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने जनाएको छ ।

प्रदर्शनीमा प्रवेश निःशुल्क गराइएको छ भने विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ