विदुर – नेपाल निर्माण व्यवसायी महासंङले सुरु गरेको आन्दोलनमा समेत ऐक्यबद्धता जनाउन नुवाकोट निर्माण व्यवसायी संघले आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
आइतबार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर जिप्रकामा धर्ना दिएको संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।
संघले गत मंगलबार नौ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
संघको कार्यालयदेखि जिप्रकासम्म विभिन्न नारासहितको प्लेकार्ड लिएर विरोध प्रदर्शन समेत गरेका थिए । व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया